• हाम्रो बारेमा

    नेपालमा रहेका विभिन्न वनस्पतिहरुको नमुना संकलन, पहिचान अध्ययन, अनुसन्धान र प्रविधिको विकाश गरि वनस्पति श्रोतको सदुपयोग तथा प्रबर्द्धन गर्ने मूल उद्देश्य लिई बि.स. १९९४ मा वनस्पति फाँटको रुपमा कार्य शुरु भई वि.सं. २०१६ सालमा वनस्पति विभागको स्थापना भएको हो |

    यो कार्यालय सुरुमा बाँके जिल्लाको सल्यानी बागमा वनस्पति सर्वेक्षण कार्यालयको नामले वनस्पति विभागको ईकाई कार्यालयको रुपमा रहेको थियो | तर पछि वि.सं.२०५० सालमा वनस्पति विभागको पुन: संरचना हुँदा उक्त कार्यालय खारेज गरि जडिबुटी नर्सरीको रुपमा ढकेरीमा स्थित इकाईलाई वनस्पति संरक्षण स्थल (Botanical Conservatory) को रुपमा वनस्पति विभागबाट संचालनमा ल्याइयो तर पछि विभिन्न क्षेत्रमा वनस्पति सम्बन्धि अध्ययन अनुसन्धान कार्यको लागि कार्यालयको आवश्यकता महसुस गरि वि.सं. २०५६ साल विभिन्न ७ जिल्लाहरुमा वनस्पति कार्यालयको स्थापना गरियो | जसमध्ये पूर्वी क्षेत्रको इलाम जिल्लामा, मध्यमाञ्चल क्षेत्रको धनुषा, मकवानपुर, मध्यपश्चिमाञ्चल क्षेत्रमा सल्यान, बाँके र जुम्लामा तथा सुदुर पश्चिमाञ्चल क्षेत्रमा धनगढीमा कार्यालय स्थापना गरियो| हालसम्म नेपालमा १२ वटा वनस्पति उद्यानहरु स्थापना गरिएको छ जुन वनस्पति विभागको मातहत अन्तर्गत पर्दछन् |

    जिल्ला वनस्पति कार्यालय, बाँकेको स्थापना वन तथा भू-संरक्षण मन्त्रालय अन्तर्गत वनस्पति विभागको जिल्लास्थित कार्यालयको रुपमा वि.सं. २०५६ सालमा भयको हो | यसको जम्मा क्षेत्रफल ४५९४.७ वर्ग मिटर रहेको छ| जिल्ला बनस्पति कार्यालय, बाँके नेपालगंज उपमाहानगरपालिका वार्ड नं.-४ , सल्यानीबागमा अवस्थित छ | यस कार्यालयको मातहतमा ढकेरी वनस्पति उद्यान, बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं. ९ मा अवस्थित छ |

    वि.सं.२०७५ साल श्रावन देखि लागु हुनेगरी संघिय सरकार (केन्द्र) को वन तथा वातावरण मन्त्रालय अन्तर्गत वनस्पति विभागको वनस्पति अनुसन्धान केन्द्रको रुपमा वनस्पति अनुसन्धान केन्द्र बाँकेको पुनः संरचना भयो |

    कार्यालयको उदेश्य

    • वनस्पतिहरुको संकलन, पहिचान र संरक्षण गर्ने |
    • परम्परागत वनस्पति सदुपयोग |(इथानोवोटानी) सम्बन्धी अध्ययन / अनुसन्धान गरी वनस्पति उपयोग सम्बन्धी ज्ञानलाई जीवित राखने |
    • वनस्पति उद्यान ढकेरीमा फूल, बिरुवाहरुको साथै लोपोन्मुख महत्वपूर्ण अन्य वनस्पतिहरुको संरक्षणको लागि जर्मप्लाज्म केन्द्र स्थापना गर्ने |
    • जडीबूटी (medicinal plants) गैह्रकाष्ठ वनपैदावर (Non-Timber Forest Products) वनस्पति सम्बन्धी जानकारीको साथै उद्यान निर्माण तथा व्यवस्थापन सम्बन्धी तालिम तथा परामर्श सेवा प्रदान गर्ने<
    • जडीबूटी खेती कृषक लाई जडीबूटीका बेर्ना उत्पादन तथा वितरण |
    • गुणस्तरीय जडीबूटी खेतीको प्रविधिि सम्बन्धी अनुसन्धान र विकास गरि प्रबिधि हस्तान्तरण गर्ने |

    कार्यालयबाट प्रदान गरिने सेवा सुविधाहरु

    (क) सार्बजनिक विश्लेषण कार्य

    • वनस्पति / जडीबूटी पहिचान / प्रमाणीकरण
    • सुगन्धित तेल प्रतिशत (%) निर्धारण |
    • जडीबूटी मार्क पहिचान / प्रमाणिकरण |
    • सुगन्धित तेल पहिचान / प्रमाणिकरण |

    (ख) अनुसन्धानात्मक कार्य

    • जडीबूटी जन्य वनस्पतिको श्रोत प्रबिधि अनुसन्धान र सुगन्धित वनस्पतिको seasonal variation study गर्ने |
    • जडीबूटीको परम्परागत ज्ञानको अभिलेखीकरण गर्ने |
    • स्वदेशी शोभनीय फूल बिरुवा अध्ययन अनुसन्धान गर्ने |
    • वनस्पति प्रजातिको अभिलेखीकरण गर्ने |
    • Germplasm, जडिबुटी प्रदर्शनि प्लट संरक्षण तथा व्यबस्थापन गर्ने |

    (ग) अन्य

    • वनस्पति / जडीबूटी पहिचान / प्रमाणीकरण
    • सुगन्धित तेल प्रतिशत (%) निर्धारण |
    • जडीबूटी मार्क पहिचान / प्रमाणिकरण |
    • सुगन्धित तेल पहिचान / प्रमाणिकरण |
    • जडीबूटी जन्य वनस्पतिको श्रोत प्रबिधि अनुसन्धान र सुगन्धित वनस्पतिको seasonal variation study गर्ने |
    • जडीबूटीको परम्परागत ज्ञानको अभिलेखीकरण गर्ने |
    • स्वदेशी शोभनीय फूल बिरुवा अध्ययन अनुसन्धान गर्ने |
    • वनस्पति प्रजातिको अभिलेखीकरण गर्ने |
    • Germplasm, जडिबुटी प्रदर्शनि प्लट संरक्षण तथा व्यबस्थापन गर्ने |
    • जडीबूटी विरुवा उत्पादन तथा वितरण |
    • जडीबूटी खेती प्रविधि सम्वन्धि तालिम एबं अन्य प्रचारप्रसार कार्यक्रम |
    • निजि / सार्बजनिक / सामुदायिक जग्गामा जडीबूटी खेती विस्तार
    • प्राविधिक सेवा (गार्डेनिंग, जडिबुटी खेति, टिस्युक्ल्चर प्रसोधन आदि )
    • वनस्पति उधान ढकेरी अवलोकन
    • वनस्पति सर्बेक्षण गाइड प्रदान

अधिकारी हरु

Sunil Kumar Acharya
Sunil Kumar Acharya
(Senior Scientific officer)
Arjun Neupane
Arjun Neupane
(Scientific Officer)
Ramkrishna Bhandari
Ramkrishna Bhandari
(Scientific Officer)

सबै अधिकारीहरु »